Logo

१ माघ, काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटना भएको र विमानमा सवार सम्पूर्ण यात्रुको मृत्युभएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् । आइतवार विहान १०.३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११.०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।


सम्बन्धित समाचार