Logo

२७ फागुन, बारा । बारा जिल्लाको सिमरामा रहेको जनहित उपभोक्ता समितिको बार्षिक सधारण सभा सम्पन्न भएको छ । संस्थाले आफनो १५ औं र १६ औं संयुक्त बार्षिक साधारण सभा आफनो कार्यालयको परिसरमा मनाएको हो ।

कोभिड १९ र केही प्राबिधिक कारणबस १५ औँ सधारण सभा समयमा गर्न नसकिएको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । जनहित उपभोक्ता समितिको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको भेडा खोलाबाट नदीजन्य पदार्थ निकाल्न स्थानीय प्रशासनले रोक लगाउँदा आफुहरु मर्कामा परेको उपभोक्ताहरुले गुनासो गरेका थिए ।

उपभोक्ताले ढुङ्गाा ,गिटी तथा बालुवाहरु आफनो कामकाजकोलागि निकाल्न पाउँनुपर्ने माग गरेका थिए । जनहित उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले नदीजन्य पदार्थ उपभोक्ता समितीको क्षेत्र भन्दा बाहिर गईरहेको छ भनी कारण देखाई खोला बन्द गर्नु गलत भएको बताउँनुभयो ।

अध्यक्ष श्रेष्ठ आक्रोसित हुँदै भने ,भेडा खोलाबाट गिटी बालुवा बाहिर गईरहेको छ भने निकुञ्ज प्रशासन ,नेपाली सेना र प्रहरी के हेरेर बसिरहेको छ । रोक्नुपर्दैन ।गलत कार्य गर्नेलाई कार्बाही गर्नुपर्दैन् । किन नगरेको भनी प्रश्न गरेका छन् । अध्यक्ष श्रेष्ठले पञ्चबर्षिय कार्ययोजना बाचन गरी सुनाएका थिए ।

जनहित उपभोक्ता समितिको बार्षिक साधारण सभाको प्रमुख अतिथि बारा क्षेत्र न ४ क को मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गमलामा पानि हालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बाहादुर कार्की , सिमरा महिला सहकारी संस्थाको कोषाध्यक्ष गीता शर्मा,श्री प्रभात फेरि दुध उत्पादक सहकारी संस्थाको अध्यक्ष मधुकर अधिकारी,मुसहरनी माई सामुदायिक बनको अध्यक्ष कुबेर न्यौपानेले , जनहित उपभोक्ता समिति अनतर्गत पर्ने सामुदायिक वन,मध्यवर्ती वन र पर्सा राष्ट्रिय निकुञ्जको रेञ्जर लगाएतकोे उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन भिमेश्वर मध्यवर्ती सामुदायिक वन को अध्यक्ष पेशल मुल्मीले गर्नु भएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले साँगितीक प्रस्तृती प्रस्तुत गरेका थिए भने उत्कृष्ट बन समुहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार