२५ वैशाख, वीरगन्ज । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईले सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको जिकिर गरे । उनले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताए । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सिंहदरबार पुगेका अध्यक्ष राईले